काठमाडौं । आज नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र हुँदैछ। उद्घाटन सत्र आइतबार साँझ अबेरसम्म सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो।
ढिलोमा १० बजेदेखि बन्दसत्रका कार्यक्रम सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जानकारी दिएको छ। महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो। महाधिवेशनमा २ हजार ६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन्।
बन्दसत्रको कार्यक्रम कार्यविधि बनाएर अघि बढाइने बताइएको छ। बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन्। बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ।












