काठमाडौं । अवैध रुपमा संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसार गरेको मुद्दामा फरार रहेका कैदी टसी तामाङलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।
जिल्ला सिन्धुपाल्चोक साबिक मार्मिङ गा.वि.स. वडा नं.७हाल भोटेकोशी गाउँपालिका वडा नं.५ बस्ने तामाङलाई गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय दोलखाले मिति २०७० मंसिर १७ गते फैसला गर्दै ५ वर्ष कैद र ६२,१७५ रुपैयाँ zजरिवाना ठहर गरेको थियो। यसै अनुसार उनी जगन्नाथदेवल, सुन्धारा कारागारमा सजाय भुक्तान गरिरहेका थिए।
तर, मिति २०८२।०५।२४ मा भइसकेको Gen-Z आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए र लुकिछिपी बसेको अवस्थामा प्रहरीले खोजतलास सञ्चालन गरेको थियो।
आज जिल्ला काठमाडौं स्थित गोकर्णेश्वरबाट प्रहरी टोलीले उनलाई पक्राउ गरी पुनः केन्द्रीय कारागार, जगन्नाथदेवलमा पेश गरेको केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ ।












