Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

अपांगता समावेशी विपद् जोखिम न्यूनीकरण प्रतिवेदन मस्यौदामाथि सुझाव संकलन

अपांगता समावेशी विपद् जोखिम न्यूनीकरण प्रतिवेदन मस्यौदामाथि सुझाव संकलन

काठमाडौं । अपांगता समावेशी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदामाथि सुझाव संकलन गरिएको छ ।

राष्ट्रिय बहिरा महासंघ नेपाल, अपांगता भएका महिलाहरूको महासंघ नेपाल, दृष्टिविहीन अभिभावक समाज नेपाल र राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालको संयुक्त आयोजना र अपांगता अधिकार कोषको सहकार्यमा काठमाडौंमा आयोजित ‘अपांगता समावेशी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदामाथि सुझाव संकलन गोष्ठी’मा विभिन्न समूह बनाएर सुझाव मागिएको हो ।

Subisu

कार्यक्रममा अपांगता अधिकारकर्मी एवं विज्ञ डा.वीरेन्द्रराज पोखरेलले अध्ययन प्रतिवेदनको मस्यौदा प्रतिवेदन प्रस्तुत गर्दै ऐनमा अपांगता भएका व्यक्तिको अधिकार, पहुँच उचित सहजीकरण, सांकतिक भाषा, ब्रेल, वैकल्पिक सञ्चारजस्ता विषय स्पष्ट रूपमा परिभाषित हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अपांगता भएका व्यक्तिको अधिकार ऐनअनुसार जोखिमको विश्लेषणको अभाव छ, ऐनले अपांगतालाई एकरूपताको समूहका रूपमा लिएको छ, बहिरा, दृष्टिविहीन, बौद्धिक, मनोसामाजिक अपांगताका जोखिम फरक–फरक हुन्छन् भन्ने कुरा समेटिएको छैन ।’

प्रतिवेदनमा अपांगता भएका व्यक्तिहरूको सूचना, सञ्चार र आपतकालीन चेतावनीमा पहुँचको अवस्था प्राथमिकताका साथ समेटिएको छ । संयुक्त राष्ट्रसंघीय अपांगता अधिकारसम्बन्धी महासन्धिका विभिन्न धाराहरूको आधारमा बहिरा व्यक्तिहरूलाई स्वास्थ्य समस्या वा कमजोरीको दृष्टिले मात्र नभई आफ्नै भाषा (सांकेतिक भाषा), संस्कृति र पहिचान भएका नागरिकको रूपमा बुझ्नुपर्ने धारणा प्रस्तुत गरिएको छ ।

अध्ययनले सीआरपीडीका विभिन्न धाराहरू (धारा २, ५, ९, ११, २१, २४, २७, २९ र ३०) को सन्दर्भमा सांकेतिक भाषालाई मान्यता दिन, सूचना र सञ्चारमा पहुँच, आपतकालीन अवस्थामा सुरक्षा, शिक्षा, रोजगारी, राजनीतिक र सांस्कृतिक सहभागिताको अधिकारलाई स्पष्ट रूपमा उजागर गरेको छ । साथै, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लाई अपांगता समावेशी दृष्टिले विश्लेषण गर्दा ऐन अझै संरक्षणमुखी र सामान्य रहेको निष्कर्षमा पुगिएको छ ।

गोष्ठीका सहभागीहरूले बहिरा व्यक्तिहरूका लागि विपद् जोखिम अपांगताको कारणले नभइ ध्वनी–केन्द्रित चेतावनी प्रणाली, सांकेतिक भाषा र दृश्य सूचनाको अभाव तथा आपतकालीन अवस्थामा दोभाषे नहुनुजस्ता संरचनागत कारणले बढ्ने भएकाले यसलाई सञ्चार–आधारित जोखिमको रूपमा बुझ्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै ग्रामीण क्षेत्रमा बहिरा समुदायबीच सांकेतिक भाषाको प्रयोग र प्रवद्र्धन, नीति निर्माणदेखि कार्यान्वयनसम्म अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु, स्थानीय तहका विपद् व्यवस्थापन समिति र कार्यटोलीहरूमा अपांगता भएका व्यक्तिको अनिवार्य समावेशीकरण, जोखिममा रहेका अपांगता भएका व्यक्तिको पहिचान र वर्गीकृत तथ्यांक तयार गर्नु, प्रारम्भिक चेतावनी प्रणालीमा दृश्य संकेत, क्याप्सन र सांकेतिक भाषाको प्रयोग अनिवार्य गर्नु जस्ता विषयहरूमा सुझाव दिइएको छ ।

साथै, सरकारले पारित गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण रणनीतिक कार्ययोजना, २०८१ सकारात्मक कदम भएपनि बहिरा समुदायका सञ्चार, भाषा र सांस्कृतिक जोखिमलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको निष्कर्ष निकालिएको छ ।

यस्तै बहिरामैत्री प्रारम्भिक चेतावनी, उचित सहजीकरण, निर्णय निर्माण तहमा नेतृत्व, प्रभावकारी अनुगमन र गुनासो समाधान संयन्त्र सुदृढ गर्न आवश्यक रहेको सुझाव दिइएको छ ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले सरकारी कार्यालय, शैक्षिक, रोजगारी, सरकारी, अस्पताल, अदालत, प्रहरी कार्यालय, सार्वजनिक कार्यक्रम एवं सूचनामा सुस्तश्रवण भएका नागरिकको पहुँच सुनिश्चित गर्न व्यावसायिक दोभासेको व्यवस्था गर्नुपर्ने बताए ।

अपांगता भएका महिलाहरूको महासंघ नेपालकी महासचिव रमा ढकालले गोष्ठीबाट प्राप्त सुझावहरू मस्यौदामा समेटेर सरकारसमक्ष पेस गरिने बताइन् । अपांगता भएका व्यक्तिहरूका संघसंस्थाका प्रतिनिधि, साझेदार संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको कार्यक्रममा राष्ट्रिय बहिरा महासंघकी वरिष्ठ उपाध्यक्ष सत्यदेवी वाग्लेले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host