Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

गीतापाञ्चायन कल्याणकारी समाजको अध्यक्षमा दाहाल

गीतापाञ्चायन कल्याणकारी समाजको अध्यक्षमा दाहाल

काठमाडौं । मर्दा र पर्दाका बेला आपसी सहयोग, सहकार्य र भातृत्व एकताको भावना विकास गर्ने उद्देश्यले स्थापना भएको गीतापाञ्चायन कल्याणकारी समाज कलंकी उत्तरी हाइटले आफ्नो तेस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
साधारण सभाले सुरेन्द्रकुमार दाहालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

नवगठित कार्य समितिको उपाध्यक्षमा विष्णु सापकोटा, सचिवमा दीपक रिजाल, कोषाध्यक्षमा प्रेम सुवेदी तथा सहसचिवमा सरिता थापालाई चयन गरिएको छ । यस्तै, कार्यसमितिका सदस्यहरूमा उत्तम स्याङतान, प्रतिमा पोखरेल र सरिता बुढाथोकी चयन भएका छन् ।
साधारण सभाको उद्घाटन बागमती प्रदेशसभा सदस्य नुरज बज्राचार्यले गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा सांसद बज्राचार्यले गीतापाञ्चायन कल्याणकारी समाजले स्थापना कालदेखिनै सामाजिक सद्भाव, सहयोग र मानवीय सेवाको क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको उल्लेख गरे ।

Subisu

उनले समाजले गरेका र गर्दै आएका कार्यक्रमहरू अन्य सामाजिक संघसंस्थाका लागि पनि उदाहरणीय रहेकाले समाजको थप उन्नति र संस्थागत विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले समाजले विपद्, दुःख–सुख र सामाजिक संकटका बेला देखाएको सक्रियता समाजिक ऐक्यबद्धताको राम्रो नमुना भएको बताए । उनले यस्ता संस्थाहरूले राज्यको सामाजिक उत्तरदायित्व पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै समाजको कामलाई अझ व्यवस्थित र दीर्घकालीन बनाउँदै लैजान सुझाव दिए ।

त्यसैगरी काठमाडौं महानगरपालिका–१४ का वडा अध्यक्ष सुमन श्रेष्ठले स्थानीय तहसँग समन्वय गर्दै समाजले सञ्चालन गरेका कल्याणकारी कार्यक्रमहरू प्रशंसनीय रहेको बताए । उनले स्थानीय सरकार सामाजिक संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्न इच्छुक रहेको उल्लेख गर्दै गीतापाञ्चायन कल्याणकारी समाजसँग आगामी दिनमा पनि सहकार्य विस्तार गर्ने धारणा राखे ।

कार्यक्रममा गीता पाञ्चायन मन्दिर समाज सुधार संस्थाका अध्यक्ष सुरेश रायमाझीले समाजले धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य–मान्यतालाई जगेर्ना गर्दै समुदायमा एकता र सहयोगको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले समाजले भविष्यमा पनि पारदर्शिता र समर्पणका साथ सामाजिक सेवा जारी राख्ने विश्वास व्यक्त गरे ।

साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन र आर्थिक विवरण प्रस्तुत तथा अनुमोदन गरिएको थियो । साथै, आगामी कार्यकालका लागि समाजले सञ्चालन गर्ने सामाजिक सहयोग, आपत्कालीन राहत, धार्मिक–सांस्कृतिक संरक्षण तथा समुदाय केन्द्रित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार दाहालले समाजप्रति देखाइएको विश्वासका लागि सबै सदस्यहरूलाई धन्यवाद दिँदै सामूहिक प्रयास र सहभागिताबाट समाजलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाए । उनले गीतापाञ्चायन कल्याणकारी समाजलाई उदाहरणीय सामाजिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यसहित काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host