काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले हाम्रो माग पूरा गर्न नसक्ने बताएका छन्। बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले भने, “हामी ०८४ को निर्वाचन ०८२ मा सार्न मात्र लडेका होइनौं। यति धेरै शहीद र घाइते भएका छन्। हाम्रो न्याय नभएसम्म हामी चुनावमा जान्नौं। गृहमन्त्रीले न्याय दिने आश्वासन पनि दिनुभएन।”
उनले शहीद र घाइतेको माग पूरा गर्नुपर्ने, र सरकारको चुनावलक्षित रणनीति न्यायको प्रतिस्थापन बन्न नहुने जिकिर गरेका छन्। गुरुङले सरकारमाथि मात्र आरोप नलगाई सबै नेपालीलाई देश निर्माणमा सहभागी हुनुपर्ने बताउँदै, “हामी न्याय पाएका छैनौं, त्यसैले चुनावमा जान्नौं” भने।
जेनजी आन्दोलनले निर्वाचनलाई गन्तव्य होइन, न्यायको माध्यम बनाउनु पर्ने आफ्नो आग्रह दोहोर्याएको छ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



