काठमाडौं । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) सांसद हेमा मालिनीले आफ्ना पति, अभिनेता धर्मेन्द्रबारे सञ्चारमाध्यमले फैलाएको गलत समाचारप्रति आपत्ति जनाएकी छन्।
केही भारतीय सञ्चारमाध्यमले धर्मेन्द्रको स्वास्थ्यवारे झुटो समाचार प्रकाशित गरेपछि हेमाले सामाजिक सञ्जालमार्फत त्यसलाई खण्डन गरिन्। उनले भनिन्, “जे भइरहेको छ त्यो अक्षम्य छ! जिम्मेवार च्यानलहरूले उपचार भइरहेको र निको भइरहेका व्यक्तिबारे कसरी गलत समाचार फैलाउन सक्छन्?”
हेमा मालिनीले अगाडि थपिन्, “यो अत्यन्तै अनादरपूर्ण र गैरजिम्मेवारपूर्ण छ। कृपया परिवार र उनीहरूको गोपनीयताको सम्मान गर्नुहोस्।”













