Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

ओम अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु फेलाः महानगरद्वारा ७ दिनका लागि बन्द

ओम अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु फेलाः महानगरद्वारा ७ दिनका लागि बन्द

काठमाडौं । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ । अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि ७ दिनका लागि बन्द गरिएको हो ।

हेल्दी बाइट्स सर्भिसेज् प्रा.लि.द्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका थिए । अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार, क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको हुँदा सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो ।

Subisu

अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच थान (५०० मिलिलिटर) दूध सञ्चालककै उपस्थितिमा नष्ट गरिएको थियो ।

ओम अस्पताल तथा रिसर्च सेन्टर प्रा.लि. प्रशासनका प्रशासनिक प्रबन्धक विपिन जङ्गमले भने- ‘हाल क्यान्टिन सञ्चालक परिवर्तन भइसकेको छ । हामी संरचना मर्मत, रंगरोगन र आवश्यक सरसफाइ पूरा गरी खाद्य स्वच्छता सुनिश्चित भएपछि मात्र पुनः सञ्चालनमा ल्याउनेछौँ ।’

तुलनात्मक रूपमा मेडिकेयर अस्पतालको द केयर क्यान्टिन र हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा सरसफाइ अवस्था अपेक्षाकृत राम्रो देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकृत खगेन्द्रप्रसाद खतिवडा र सञ्जय चौधरीले जानकारी दिए । तर, दुवै क्यान्टिनमा पनि पेष्ट कन्ट्रोलको व्यवस्था सन्तोषजनक नभएको बताइएको छ ।

मेडिकेयर अस्पतालको क्यान्टिनमा लेबलविहीन खाद्य वस्तु प्रयोग, खुला डस्टबिन र पिउने पानी परीक्षणमा अमोनिया मापदण्डभित्र भए पनि सुधार आवश्यक रहेको पाइएको थियो । अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई पेष्ट कन्ट्रोल प्रभावकारी बनाउने, पूर्ण लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्ने, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका वस्तु मात्र प्रयोग गर्ने, आगो जोखिम न्यूनीकरणका उपकरण राख्ने र खाना पकाउने तथा भाँडा माझ्ने ठाउँ अलग गर्न निर्देशन दिएको थियो ।

त्यस्तै, हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा व्यक्तिगत सरसफाइ सन्तोषजनक देखिए पनि, खाद्य रंगको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त खाद्य पदार्थको मात्र बिक्री र आगो जोखिम न्यूनीकरणका उपकरणहरू थप बलियो बनाउन सुझाव दिइएको छ ।

महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुनअनुसार स्वच्छ, जिम्मेवार र सुरक्षित खाद्य व्यवसाय सुनिश्चित गर्न नियमित रूपमा अस्पताल, होटल, रेष्टुरेन्ट तथा क्यान्टिनहरूको अनुगमन गर्दै आएको आएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host