काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा समेत पुगेको छ। यस चक्रवातको कारण देशका मध्य तथा पूर्वी भू–भागसहित राजधानी काठमाडौंमा निरन्तर वर्षा भइरहेको छ। मौसमविद्हरूका अनुसार काठमाडौं उपत्यकामा लगातार वर्षा भइरहेको र यो स्थिति शनिबारसम्म जारी रहने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, बङ्गालको खाडीमा बनेको चक्रवातीय प्रणाली अहिले कमजोर बन्दै गए पनि यसको प्रभाव शनिबारसम्म नेपालका धेरै भू–भागमा रहनेछ।












