काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मंसिरमा हुने पार्टी महाधिवेशनले नै नेतृत्वको अन्तिम फैसला गर्ने बताएका छन्।
एमाले भक्तपुर जिल्ला कमिटीले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा ज्ञवालीले भने, “निर्धारित मितिमा नै महाधिवेशन हुनेछ। महाधिवेशनले कसलाई नेता र नेतृत्वमा ल्याउन भन्छ, कस्तो नीति बनाउँ भन्छ, त्यही निर्णय अनुसार पार्टी अघि बढ्नेछ।”
हालै सम्पन्न तीन दिन लामो केन्द्रीय कमिटी बैठकमा पार्टीका विषयमा सविस्तार छलफल भएको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले नेतृत्वमाथि उठेका प्रश्नको निरुपण गर्न महाधिवेशनको मिति निर्धारण गरिएको बताए। उनले थपे, “बैठकमा केही साथीहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि अनुत्तरित हुन सकिँदैन। पार्टीको सार्वभौमसत्ता पार्टीका कार्यकर्तामा निहित हुने भएकाले महाधिवेशनमा निर्णय गर्ने सहमति भएको हो।”
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्यूरो सदस्य महेश बस्नेत, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, एमाले जिल्ला उपाध्यक्ष तथा बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा लगायत सहभागी थिए। सहभागीहरूले जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरिनुपर्नेमा जोड दिएका थिए।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

