काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार आह्वान गरेकी छन् ।
प्रदेश प्रमुख भण्डारीले दलहरूलाई भोलि बुधबार अपराह्न ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन् ।
प्रदेश सभामा १०७ सदस्य रहेका छन् । सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ ।
विभिन्न १० वटा राजनीतिक दल रहेको मधेश प्रदेशसभामा नेकपा एमाले २५, कांग्रेसको २२, जनता समाजवादी पार्टी, नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ९, नेकपा माओवादी केन्द्रको ९, एकीकृत समाजवादी पार्टीको ७, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एक/एक गरी १०७ जना सदस्य छन् । १०७ मध्ये एमाले र लोसपाका एक/एक सांसद निलम्बित अवस्थामा छन् ।












