Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

आज घर घरमा फूलपाती भित्र्याइँदै

नवरात्रको सातौँ दिन, दशैं घरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइँदै

काठमाडौं । दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज देशभर शास्त्रीय विधिअनुसार नवपत्रिका भित्र्याएर मनाइँदैछ। घटस्थापनादेखि वैदिक विधिपूर्वक पूजा गरिएको दशैं घर वा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन रहिआएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार फूलपातीलाई नववटी देवीको प्रतीक मानिन्छ र शक्तिको आराधनासहित पूजाआजा गर्ने वैदिक परम्परा रहेको छ। समितिले फूलपातीको शुभ साइत बिहान ७:१७ मा श्री तुलजाभवानी यात्रा र स्थिरासन ९:२३ मा रहेको जानकारी दिएको छ।

Subisu

धर्मशास्त्रविद्हरूका अनुसार केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ। यी देवी नवदुर्गाका पार्षद् मानिने भएकाले फूलपाती भित्र्याएपछि नौवटै देवीको पूजा आराधना गर्ने परम्परा छ।

गोरखाबाट राजधानीसम्मको विशेष यात्रा

हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा आज पनि जीवित छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जना ल्याउने र त्यसपछि जीवनपुरदेखि काठमाडौंको जमलसम्म ब्राह्मण जातिका छ जना पुजारीद्वारा ल्याइने प्रथा रहिआएको छ।

जमलबाट हनुमानढोकासम्म फूलपाती ल्याउने क्रममा निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र विभिन्न सांस्कृतिक कार्यक्रमसहित लावालस्कर प्रर्दशन गर्ने गरिन्छ।

दशैंको चहलपहल सुरु

फूलपातीसँगै दशैंको चहलपहल अझै बढेको छ। आजैदेखि सरकारी कार्यालयहरू पनि बन्द हुने भएकाले विभिन्न पेशा–व्यवसायमा संलग्न मानिसहरू सपरिवार टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम तीव्र बनेको छ। ग्रामीण भेगमा लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङले दशैंको रौनकता थपिदिएको छ।

बडादशैंको टीका साइत

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष बडादशैंको टीकाको साइत असोज १६ गते बिहान ९:२३ मा रहेको छ। समितिले दिएको विवरणअनुसार असोज १३ गते फूलपाती, असोज १४ गते महाष्टमी तथा कालरात्रि, असोज १५ गते महानवमी र असोज १६ गते टीका र जमरा ग्रहण गर्ने शुभ साइत तोकिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host