चितवन । हाल मुग्लिन–नारायणगढ सडक खण्डमा कुनै पनि स्थानमा पहिरोका कारण सडक अवरुद्ध नभएको सडक डिभिजन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार तुईन खोलाको पुल नजिक मात्र सडक एकतर्फी सञ्चालनमा रहेको छ भने अन्य सम्पूर्ण भागमा दुईतर्फी नै सहज आवागमन भइरहेको छ।
सवारी चालक तथा यात्रुहरूलाई आफ्नो लेन र अनुशासन कायम गरी सवारीसाधन सञ्चालन गर्न अनुरोध गरिएको छ। सडक डिभिजनले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित अनुगमन भइरहेको समेत जानकारी दिएको छ।
यसअघि सो सडक खण्डमा पटक–पटक पहिरो खसेर लामो समयसम्म यातायात प्रभावित हुने अवस्था देखिँदै आएको भए पनि हाल पूर्णरूपमा सुचारु भएको हो।












