काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार गृहमन्त्रीलाई ज्ञापनपनत्र बुझाउन गएका उनीहरूले सिंहदरबार प्रवेश नपाएपछि गेटमै धर्ना दिएका थिए । धर्ना गरेका उनीहरूले पछि सिंहदरबार प्रवेश गरी गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
जेन-जी प्रदर्शनका क्रममा ७४ जनाले ज्यान गुमाएका छन् भने धेरै घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केहीको उपचारपछि डिस्चार्ज भएको छ । भने केही अझै अस्पतालमै उपचाररत छन् । यो प्रदर्शनका क्रममा घाइते भएकाको राज्यले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ ।












