काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गर्धनमा १२ वटा टाँका लगाइएको छ। जेनजी आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते भएका देउवाको गर्धनमा गहिरो चोट लागेकाले चिकित्सकले तत्काल शल्यक्रिया गरेर टाँका लगाएका हुन्।
सैनिक अस्पताल छाउनीमा उपचाररत देउवालाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने अस्पताल स्रोतले जनाएको छ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा निवास बुढानीलकण्ठमा घुसपैठ गरेका आन्दोलनकारीले देउवा दम्पतीलाई घर बाहिर निकालेर कुटपिट गरेका थिए।
उक्त घटनापछि देउवा गम्भीर घाइते भएका थिए भने कांग्रेस नेतृत्वले यसलाई लोकतान्त्रिक राजनीति माथिको ठूलो आक्रमणको रूपमा व्याख्या गरेको छ।










