काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सबै राजनीतिक शक्तिहरूबीच नयाँ समझदारी कायम गरेर मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउनुपर्ने प्रस्ताव गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हालको जेनजी आन्दोलनले ल्याएको सबैभन्दा ठूलो परिवर्तन पुस्तान्तरण भएको उल्लेख गर्दै संसद् असफल भएको दाबी गरे। “संसद् पुनःस्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वतर्फ धकेल्नु हो,” अध्यक्ष लिङदेनले भने, “यो संसद्ले देशको समस्या समाधान गर्न नसकेकोले यसको औचित्य समाप्त भइसकेको छ।”
उनले आन्दोलनमा भएको बलिदानलाई केवल सरकार परिवर्तनमा सीमित नगरी प्रणालीगत सुधारतर्फ लैजानुपर्नेमा जोड दिए। राप्रपाले भ्रष्टाचारमा संलग्न र जेनजी आन्दोलनका नरसंहारकर्तालाई कारबाही गर्न माग गरेको छ।
लिङदेनले वर्तमान अन्तरिम सरकारले राजनीतिक शक्तिबीच विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिँदै राजसंस्थाको आवश्यकता फेरि देखिएको दाबी गरे। “जेनजी पुस्ताले आन्दोलन राजा ल्याउनका लागि गरेको होइन, तर भ्रष्टाचार र बेथितिविरुद्ध गरेको हो,” उनले भने, “तर यो आन्दोलनले नेपाललाई दीर्घकालीन स्थायित्व, समृद्धि र वैदेशिक हस्तक्षेपबाट जोगाउन राजसंस्था आवश्यक छ भन्ने कुरा पुष्टि गरेको छ।”
उनले चाँडै नेपाली जनताले राजसंस्थालाई ‘अभिभावकीय’ भूमिकामा पुनःस्थापित गर्ने विश्वास व्यक्त गरे। साथै, प्रदेश सभाहरू खारेज हुनुपर्ने र राप्रपा सांसदहरूले राजीनामा दिने तयारीमा रहेको पनि उनले जानकारी दिए।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

