काठमाडौं । नेपालको संविधानको धारा २९४ बमोजिम मधेसी आयोग र राष्ट्रिय महिला आयोगका अध्यक्षले आ–आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका छन्।
राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोईरालाका अनुसार प्रतिवेदन बुझाउने क्रममा दुबै अध्यक्षहरूले आयोगका गतिविधि, चुनौती र आगामी योजनाबारे राष्ट्रपति समक्ष संक्षिप्त जानकारी दिएका थिए।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

