काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट तथा अन्य आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कारबाही गर्न नेपाल प्रहरीले आम नागरिकसँग सहयोगको अनुरोध गरेको छ।
प्रहरीले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विरोध प्रदर्शनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट र सर्वसाधारणमा डर सिर्जना गर्ने घटनासँग सम्बन्धित तस्बिर, भिडिओ वा सामाजिक सञ्जालका लिंक उपलब्ध गराउन आम नागरिकलाई आग्रह गरेको छ।
उक्त प्रमाणहरू नेपाल प्रहरीको आधिकारिक इमेल ठेगाना nepalpoliceinfo@gmail.com मा पठाउन सकिने र प्रमाण उपलब्ध गराउने व्यक्तिको गोपनीयता कायम रहने प्रहरीले स्पष्ट पारेको छ।












