काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पारेका छन्।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा आह्वान गरिसकेको भन्दै सरकारले तोकेको समयमा दर्ता नभए सामाजिक सञ्जाल बन्द गरिने बताए ।
उनले यसअघि पटक-पटक दर्ताका लागि मौका दिए पनि केही सामाजिक सञ्जाल अझै नेपालमा दर्ता नभएकाले अब अन्तिम पटकका लागि दर्ता गर्न आह्वान गरिएको बताएका हुन्।












