काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बिहीबार विद्यालय शिक्षा विधेयक बहुमतले पारित गरेको छ। विधेयकमा लामो समय विवादमा रहेको आवासीय विद्यालयमा छात्रवृत्ति सम्बन्धी प्रावधान पनि टुंगो लगाइएको छ। प्रारम्भमा सरकारले साढे २ प्रतिशत छात्रवृत्ति प्रस्ताव गरेकोमा समितिमा छलफलपछि ३ प्रतिशतमा सहमति भएको छ।
यसअघि विधेयकका केही प्रावधानमा सरोकारवालाहरूको विमति देखिँदा पारित हुन सकेको थिएन। समितिले उपसमिति बनाएर पटकपटक प्रतिवेदन तयार पारेको थियो।
पारित विधेयक अब प्रतिनिधि सभाको आगामी बैठकमा पेश गरिने छ। निजी विद्यालय सञ्चालकहरूले केही प्रावधानको विरोधमा आन्दोलन सुरु गरेका छन्।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विधेयकमा फरक मत प्रस्तुत गरेका छन्।












