काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राह्मण हुन्।
उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ। घटना काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको अन्त्येष्टि प्रक्रियाकै क्रममा भएको हो।
मृतकका आफन्तले ती ब्राह्मणमाथि शवबाट मासु र हड्डी निकालेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाइरहेको छ।












