काठमाडौं । काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन नजिकै स्कुटर दुर्घटना हुँदा उदयपुरकी २५ वर्षीया समीक्षा रिजालको ज्यान गएको हो। रिजाल त्रियुगा नगरपालिका–१३ घर भई काठमाडौंको बनस्थलीमा बस्दै आएकी थिइन्।
बागमती प्रदेश ०२–०३४ प ३४५८ नम्बरको स्कुटर दुर्घटनामा परेकी उनी गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। तर, उपचारको क्रममा राति २:१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।












