काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलमा बसेका दुई जना चिनियाँ नागरिकबाट प्रहरीले २ किलो सुन र २४ लाख रुपैयाँ नगद बरामद गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ ज्याठास्थित एक चिनियाँ नामको होटलमा छापा मारी ती नगद र सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्।
सुन र नगदको स्रोतबारे स्पष्ट नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा शंकास्पद कारोबार भएको आशंका गरिएको छ।
प्रहरी स्रोतका अनुसार, पक्राउ परेकाहरू लामो समयदेखि काठमाडौंमा आवतजावत गरिरहने र उनीहरूका गतिविधिबारे पहिलेदेखि नै निगरानी भइरहेको थियो।












