Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

‘निरोगी नेपाल’ अभियान: स्वास्थ्य मन्त्रीले आयुर्वेद, योग र डिजिटल सेवाको विस्तारबारे दिए जानकारी

‘निरोगी नेपाल’ अभियान: स्वास्थ्य मन्त्रीले आयुर्वेद, योग र डिजिटल सेवाको विस्तारबारे दिए जानकारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘निरोगी नेपाल’ अभियानअन्तर्गत आयुर्वेद र प्राकृतिक चिकित्सामा आधारित नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गरिएको बताएका छन्।

स्वास्थ्यमन्त्री बनेको एक वर्ष पूरा भएको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले योग, ध्यान र स्वस्थ जीवनशैली प्रवर्द्धनमा केन्द्रित कार्यक्रमहरूलाई स्थानीय सरकारसँगको समन्वयमा सञ्चालन गरिएको जानकारी दिए। उनले भने, “यसले नसर्ने रोगहरूको रोकथाम गर्दै नागरिकलाई सन्तुलित जीवनशैलीतर्फ अभिप्रेरित गर्छ।”

Subisu

मन्त्री पौडेलका अनुसार बूढानीलकण्ठमा स्थापना गरिएको ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र’ ले २०८१ सालको चैत २२ गतेदेखि सेवा दिइरहेको छ। केन्द्रले विशेष आयुर्वेद र योगमा आधारित पञ्चकर्म सेवा प्रदान गर्दै अध्ययन–अनुसन्धानका लागि केन्द्रबिन्दुको भूमिका खेल्नेछ।

त्यस्तै उनले जलन उपचार निःशुल्क गर्न ‘जलनको सघन उपचार सेवा विस्तार गर्ने कार्यविधि, २०८१’, क्यान्सर उपचार सेवा प्रदेशस्तरमा पुर्‍याउने उद्देश्यसहित ‘क्यान्सर उपचार सेवा विस्तार कार्यविधि, २०८१’ तथा डिजिटल स्वास्थ्य पूर्वाधार निर्माण गर्न ‘विद्युतीय चिकित्सा अभिलेख र दूरचिकित्सा सेवा एकीकृत कार्यविधि, २०८१’ लागू गरिएको बताए।

यसैबीच, १८ वर्ष मुनिका किशोरीहरूको डिम्बको अवैध कारोबारबारे उठेका गम्भीर आरोपका विषयमा मन्त्रालयले छानबिन समिति गठन गरेको छ। थापाथलीस्थित प्रसुतिगृहकी स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापाको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा डा. सुनिता लम्साल र कानून अधिकृत सुरेश चौलागाईँ सदस्य रहेका छन्। समितिलाई पाँच दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, “समितिले काम थालिसकेको छ। प्रतिवेदनपछि थप निर्णय गरिनेछ।”

यसअघि प्रहरीले होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनिकमा छापा मारी पाँच जना पक्राउ गर्दै डिम्ब कारोबारसम्बन्धी अनुसन्धान अघि बढाएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host