काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेको समर्थनमा अहिले सम्म २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको रास्वपाले दाबी गरेको छ।
लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार उक्त संख्या तीन दिनअघिको हो र अभियान अझै जारी रहेको छ। ‘अहिलेसम्म हाराहारी २० लाखभन्दा धेरै हस्ताक्षर संकलन भएको छ,’ न्यौपानेले भने, ‘अभियान र अद्यावधिक प्रक्रिया दुवै चलिरहेको छन्।’
प्रदेशगत हस्ताक्षर विवरण:
न्यौपानेले प्रदेशगत रूपमा हालसम्म ९ लाख ४० हजार हाराहारीको हस्ताक्षर संकलन भइसकेको बताए।
प्रदेशअनुसार विवरण यस्तो छ:
कोशी: १ लाख ६६ हजार
मधेस: ३६ हजार
बागमती: २ लाख १३ हजार
गण्डकी: २ लाख ६० हजार
लुम्बिनी: १ लाख ९७ हजार
कर्णाली: ३८ हजार
सुदूरपश्चिम: २५ हजार
अन्य: केन्द्रीय कार्यालयमार्फत
आर्थिक सहयोग पनि ४४ लाख नाघ्यो
रास्वपाले हस्ताक्षर अभियानसँगै ४४ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग पनि प्राप्त भएको जनाएको छ।
न्यौपानेले भने, ‘यो जबर्जस्ती गरेर होइन, नागरिकहरूले स्वेच्छाले दिएको पैसा हो।’












