एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गाजावासीका लागि सुरक्षा चाहेको बताएका छन्। उनले अर्को हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेट गरी युद्धविरामका लागि दबाब दिने बताएका अलजजिराले उल्लेख गरेको छ।
गाजामा जारी इजरायली आक्रमणका बीच ट्रम्पको यो भनाइ आएको हो। रिपोर्ट अनुसार, हमासले अमेरिकाको प्रस्तावित नयाँ युद्धविराम योजनालाई पूर्ण युद्ध अन्त्यको सुनिश्चिततासहित लागू हुनुपर्ने शर्तमा स्वीकार गर्न सकिने जनाएको छ।
गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार मात्रै इजरायली आक्रमणमा कम्तीमा १०० जनाको ज्यान गएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली आक्रमणबाट करिब ६० हजार जनाले ज्यान गुमाएका छन् भने १ लाख ३५ हजारभन्दा बढी घाइते भएका छन्।
ट्रम्पले शान्ति प्रक्रिया अघि बढाउन नेतन्याहुसँग भेटवार्ता गर्ने बताएका छन् भने विश्लेषकहरू यसलाई आगामी अमेरिकी राष्ट्रपतीय चुनावसँग पनि जोडेर हेरिरहेका छन्।












