काठमाडौं । नेपाली सेनाका सहायक रथी रविन्द्र खत्री उपरथीमा बढुवा भएका छन्। शुक्रबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले खत्रीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
उपरथी खत्रीलाई असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा गर्ने निर्णय गरेको थियो। बढुवासँगै उनलाई उपत्यका पृतनाको पृतनापतिमा नियुक्त गरिएको छ।
खत्रीको बढुवासँगै नेपाली सेनाको नेतृत्व संरचनामा थप सशक्तता आउने विश्वास व्यक्त गरिएको छ।












