काठमाडौं । नेपालमा पछिल्लो एक साताको अवधिमा ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशका चार प्रदेशमा संक्रमण पुष्टि भएको हो।
रिपोर्टअनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै २६ जना, कोशीमा ४ जना, मधेसमा ३ जना र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ। त्यस्तै, एक साताको अवधिमा एक जना संक्रमितको मृत्यु भएको महाशाखाले जनाएको छ।
हाल देशभर ३१ जिल्लामा सक्रिय संक्रमितको संख्या २४९ पुगेको छ। स्वास्थ्य विशेषज्ञहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेका छन्।












