काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। बोर्डका अनुसार नियमिततर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८९६ जना विद्यार्थीमध्ये विभिन्न ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूको विवरण निम्नानुसार छ:
३.६ देखि ४.० जीपीए प्राप्त गर्ने: ४८ हजार १७७ जना
३.२ देखि ३.६ जीपीए प्राप्त गर्ने: ८१ हजार ३८५ जना
२.८ देखि ३.२ जीपीए प्राप्त गर्ने: ९९ हजार १२४ जना
२.४ देखि २.८ जीपीए प्राप्त गर्ने: ४८ हजार ४७९ जना
२.० देखि २.४ जीपीए प्राप्त गर्ने: ४ हजार १२६ जना
१.६ देखि २.० जीपीए प्राप्त गर्ने: ८ जना
यस वर्ष १२६ जनाको परीक्षा रद्द गरिएको जानकारी समेत बोर्ड अध्यक्ष शर्माले दिएका छन्। बोर्डले नतिजा वेबसाइट, एसएमएस र मोबाइल एपमार्फत सार्वजनिक गरेको छ। यसपटकको एसईई परीक्षामा नियमित र ग्रेड सुधार गरी जम्मा ४ लाख ६८ हजार भन्दा बढी परीक्षार्थी सहभागी भएका थिए।












