काठमाडौं । मन्थली नगरपालिका–६ कुनाउरीदेखि वडा नं ७ भटौली ठेडिखोला जोड्ने गरी निर्माणाधीन पक्की पुलको एक स्पान आइतबार बिहान भत्किएको छ। स्थानीय पाण्डव प्रसाईंका अनुसार गत वैशाख २६ गते नै सो स्पानमा क्र्याक देखिएको थियो। त्यसपछि निर्माण कम्पनीले टालटुल गर्दै अघि बढाउने प्रयास गरेको थियो।

कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको २३० मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त पुलको ठेक्का मूल्य २२ करोड ५५ लाख रुपैयाँभन्दा बढी रहेको छ। पुलको म्याद अझै बाँकी रहँदा यस्तो दुर्घटना भएपछि निर्माण गुणस्तरमाथि प्रश्न उठेको छ।
रामेछाप, मन्थली – करोडौंको लागतमा तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल निर्माणको क्रममा नै भत्किएको छ। आइतबार बिहान स्ल्याबको एक भाग खसेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।
उक्त पुल कालिका–कल्पवृक्ष जेभीद्वारा ‘डिजाइन एण्ड विल्ड’ मोडलमा निर्माण भइरहेको थियो। पुलको एक स्पान वैशाख महिनामा चर्किएको भए पनि त्यसलाई टालटुल गरेर अगाडि बढाइएको थियो।












