मादक पदार्थ दुरुपयोग र लत (एडिक्सन) शारीरिक, भावनात्मक, सामाजिक र आध्यात्मिक पक्षमा असर पार्ने जटिल समस्या हो । यद्यपी परम्परागत उपचार पद्धतिहरू धेरैको लागि प्रभावकारी छन्, यस्ता उपायहरूले कहिलेकाहीँ व्यक्ति भित्रको आध्यात्मिक खालीपन वा अस्तित्वगत पीडालाई सम्बोधन गर्न सक्दैनन्।
यिनै खालका गहिरा पक्षहरूमा केन्द्रित भएर काम गर्ने विधि हो ताव मनोचिकित्सा, जुन सत्य, सन्तुलन र प्राकृतिक लयसँग मेल खाने जीवनशैलीलाई पुनः जागृत गर्नमा आधारित छ ।
ताव मनोचिकित्सा के हो?
ताव शब्दको अर्थ हो “मार्ग वा “सत्य“ — यो जीवनको अन्तिम यथार्थ हो जसले सबै चिजको अस्तित्वलाई समेट्छ । ताव मनोचिकित्सा ताव दर्शनमा आधारित एक मनोवैज्ञानिक र आध्यात्मिक उपचार पद्धति हो जसले सरलता, सन्तुलन, स्वीकृति, र आत्म–साक्षात्कारलाई प्रोत्साहन दिन्छ ।
यस विधिमा, मनोचिकित्सक “ठीक पार्ने” होइन, तर एक सहयात्रीको रूपमा हुन्छन्, जसले सेवा ग्राहीलाई आफ्नो वास्तविक स्वरूप, सत्य र जीवनको प्रकृति संग पुनः जडान गराउन सहयोग गर्छन् ।
लतको उपचारमा यसको प्रयोगः
नशा वा लत तब देखापर्छ जब व्यक्ति आफ्नो सत्य बाट टाढा जान्छ, वा आन्तरिक असन्तुलन, पीडा र भावनात्मक खालीपनको कारण बाह्य साधन (जस्तैः लागू औषध) मा आश्रित हुन्छ । ताव मनोचिकित्सा यो अवस्थालाई पाप वा दोषको रूपमा होइन, बरु सत्यबाट विचलन भएको संकेतको रूपमा लिन्छ ।
यसमा प्रयोग गरिने प्रमुख विधिहरूः
– गैर–आलोचनात्मक स्वीकृतिः सेवाग्राहीलाई नकारात्मक लेबल नलगाई, दयाका साथ स्वीकृत गरिन्छ, जसले आत्मग्लानि कम गर्छ ।
– सचेत उपस्थिति (माइन्डफुलनेस): वर्तमान क्षणमा आफ्ना विचार, भावना र शरीरका संवेदनाहरूमा जागरूक हुन सघाउँछ ।
-जीवनमा सन्तुलन ल्याउने अभ्यासः काम र आराम, एकान्त र सामाजिकता, गतिविधि र विश्रामबीच सन्तुलन कायम गर्न सिकाइन्छ ।
– आध्यात्मिक जडानः कुनै धर्म प्रचार नगरी, व्यक्तिलाई आफ्नै अन्तरात्मा वा प्रकृति संग जोड्न प्रेरित गरिन्छ ।
लत उपचारमा ताव मनोचिकित्साको महत्वः
– गहिरा कारणहरू सम्बोधन गर्छः ताव मनोचिकित्सा केवल लक्षण हटाउने होइन, लतको जड समस्यामा काम गर्छ जस्तै आन्तरिक असन्तुलन वा सत्यबाट टाढिएको अवस्था ।
– सांस्कृतिक दृष्टिले उपयुक्तः यो विधि पूर्वीय सोचसँग मेल खाने हुँदा नेपाल जस्ता देशमा अझ प्रभावकारी हुन सक्छ ।
– दीर्घकालीन उपचारमा सहयोगीः यो केवल लागू औषधबाट छुट्ने होइन, जीवनको अर्थ, उद्देश्य र आत्मसत्य फेला पार्न सहयोगी हुन्छ ।
– पुनःलत लाग्ने सम्भावना घटाउँछः आत्म–चेतना, आत्म–दयालुता र आध्यात्मिक विकासमार्फत व्यक्ति तनाव, ट्रिगर वा पीडालाई पदार्थ प्रयोगबिना सामना गर्न सक्ने क्षमतामा बलियो बनाउँछ।
आजको संसारका हरेक मानव दौड लगाइरेकाछन् । यताउता आखिर कहाँसम्म के को लागि भन्दा अन्तिम लक्ष्य सबैको शान्ति प्राप्त गर्नु । शान्तिको लागि मानव के के कस्तो कस्तो उपाय लगाउँछन् । तर त्यो शान्ति झन् झन टाढा हुदै गैरहेको अनुभव हुन्छ किनकी सबै शान्तिको लागि स्थुल साधनबाट प्राप्त गर्न खोज्दछन् । सत्य भन्ने हो भने सत्य, सास्वत र शान्ति यो स्थुल साधनमा खोजेर प्राप्त हुन सक्दैन । भित्र स्वयमलाई जान्नमा र त्यो स्वयमको परिचयमा नै सास्वत शान्ति प्राप्त गर्न सकिन्छ ।
त्यस उद्देश्यले आज यहा प्रसंग जोड्दैछु आध्यत्मिकता तिर । भन्नत हामी भन्छौ म म तर त्यो म को के परिचय छ त ? अवश्य यो अज्ञानताले गर्दा नै सबै मानव भड्कीराखेकाछन् बाहिरी दुनियामा मोज मज्जा लिन । यति ठूलो संसारमा हर प्रकारको सम्पन्नता भएर पनि एउटै कुराको कमी छ त्यो हो आध्यत्मिकता । त्यसैले यहाँ यो युगको लागि अत्यावश्यक कुरा नै भन्ने हो भने आध्यत्मिकता हो ।
यसै अन्तरर्गत आजको विश्वमा परिवर्तन ल्याउन हर मानवको हात छ । त्यस भन्दा पनि विशेष युवा वर्गको धेरै महत्व छ । विवेकानन्दले भनेका थिए, मलाई १०० युवा दिए यो संसार परिवर्तन गरी दिन्छु । तर त्यस्तो १०० युवा वहाले जम्मा गर्न सक्नुभएन । आज यस्तो समय भयावहको छ हामी देख्दैछौं । हरेक क्षेत्रमा परिवर्तन ल्याउन युवाको जरुरी छ । त्यस्तै यहाँ विश्व परिवर्तन गर्न पनि त्यति कै युवाको जरुरी छ । तर अफसोच आजका युवा विश्वलाई राम्रोको बदला नराम्रो गर्नमा लागि परेका छन् । भनौ कि स्वयम्लाई वर्वाद गर्दैछन् नसाको लतमा लागेर ।
यसैले गर्दा यस्तो परिवर्तनशिल ससारमा परिवर्तन गर्न यो अभियान चलाइएको छ कि स्वपरिवर्तनबाट विश्व परिवर्तन । यस्तो अभियान अन्र्तगत ताव समाज नेपालले पनि युवा प्रभागद्धारा युवाको उत्थानका लागि सशक्तिकरण मुतिm अभियान थालेको छ् , जस्ले यो अभियानका लागि स्वयम्को परिवर्तन गरी अरुको पनि परिवर्तन गर्न तन, मन, धन लगाई अगाडि बढेकोे छ । जस्ले गर्दा आज लाखौं यस्ता युवा छन् जसले स्वपरिवर्तन गरी विश्व परिवर्तन गर्नमा खटिएका छन् । यो अभियान आज विश्वले खाँचों महसुस गरेको छ । हर मानव आज केही न केही नसामा लागेका छन् । किन कारण एउटै छ शान्ति र आनन्द अनुभुति गर्न ।
तर अफसोच शान्तिको प्राप्तिको बदला झन् अशान्तिले पिरोलेको कारण बाटो नैे परिवर्तन भएको छ, खोजेको एक, प्राप्ति अर्को । त्यसैले सत्यता को परिचय गराई सत्य मार्गमा लगाउन र ताव अभ्यासद्वारा आज धेरै व्यक्ति परिवर्तन भइ आफ्नो जीवन सार्थक पारेका छन् । यस्तो सार्थक जीवन बनाउन हर प्रकारले सेवामा लाग्ने धेरै तावका दाई, भाइ बहिनीहरु छन् ।
धेरै दया लाग्छ यस्ता युवालाई देख्दा जो हर प्रकारले सम्पन्न भएर पनि सानो नसामा फसेर आफ्नो त वर्वाद गर्यो गर्यो परिवार सहित सबैलाई चिन्ताको विषय बनाइदिन्छ । धन्य धन्य छन् तिनीहरु जस्ले यस्तो संसारमा बसेर पनि यस्ता कुनै पनि नसाबाट अलग भएर रहेका छन् । आज यस्तै युवा जो संसारलाई उद्दार गर्नमा सहयोगी बन्छन् । आज यहाँ राजयोगको बारेमा केहि चर्चा गर्दैछु । आजको युगमा ताव आत्माको सम्बन्ध परमात्मा परमतत्व भगवान वा बुद्धसँग मन, बुद्धि द्वाराको मिलनका साथै आफ्नो स्वप्रकृति भन्ने बुझिन्छ ।
जब तावको अभयास गरिन्छ आफ्नो आत्माचेतनाले परमात्मालाई बुझ्न सकिन्छ तब परमशान्ति सुःख आनन्दको अनुभुति गर्न मद्दत पुग्दछ । जुन शान्ति र आनन्द प्राप्त गर्न युवाहरु गलत माध्यमहरु अपनाएका छन् त्यो सहज तरिका बाट तावबाट प्राप्त हुन्छ । तावलाई सहज रुपमा ताव साईकोथेरापि पनि भनिन्छ किनकी यो थेरापि जस्ले जुनसुकै समय र स्थानमा हर कार्य गर्दा पनि गर्न सक्छ । परमात्मासँग मन बुद्धि जोड्दा आत्मालाई शान्ति शक्तिको नयाँ उर्जा मिल्छ र आत्मा शाक्तिशाली बन्छ ।
यति शक्तिको अनुभव हुन्छ की कुनै पनि नसा छोड्न गाह्रो हुदैन । नसाबाट नपाउने आनन्द परमात्मा अनुभुतिबाट यानेकी तावबाट मिल्छ र सजिलै नराम्रो बानी हटेर जान्छ । ताव सिक्न र बुझ्न अनुभुति गर्न हरेक ताव समाज सेवा केन्द्रद्वारा निःशुल्क रुपमा सेवा प्रदान भइरहेको छ । सबैलाई स्वागत छ आफ्नो पाएक पर्ने ठाउँहरुमा गइ फाइदा उठाउनुस् । तावमा समय लगाउँ जसबाट आत्मा शक्तिशाली बनोस् र जस्ले गर्दा कुनै पनि लत तथा नसा लागू पदार्थ छोड्न सजिलो अनुभव होस् ।
ताव अभ्यासद्वारा नकारामत्मक सोचहरुलाई त्यागी सकारात्मक सोचहरुतिर हामी आगाडी बढ्ने छौं । जस्ले गर्दा सहज रुपमा नराम्रो खानपान, नराम्रो बानी व्यवहार, चालचलन परिवर्तन हुन्छ । तावले आफूलाई खुसी गर्ने युक्ति सिकाउछ जस्मा लागे पछि हरेक समय मनलाई सकारात्मक कुरामा लगाई मस्त रहन सक्दछौं । भाग्यवान आत्मा त्यो हो जस्ले समयमा आफूलाई परिवर्तन गर्न सक्षम भएर अरुलाई पनि सहयोग गर्न सकोस् । अन्त समय यस्तो होस् आफूलाई पश्चातापको भागिदार नबनाउँ समय छदै जुन समय आज छ त्यो समयलाई सदुपयोग गरी, स्वकल्याण गरी विश्वलाई सदभावना र सहयोग दिदै भगवानको प्यारो सहयोगी बनी आफ्नो यो जन्मलाई सफल पारौं यो नै यो लेखको सफलताको लाभ राखेको छु । ताव सत्य छ ।
ताव मनोचिकित्सा नशा उपचारमा एक शान्त, दयामय र सत्य–केन्द्रित मार्ग हो । यसले व्यक्तिलाई आफ्नो प्राकृतिक लयमा फर्किन, सन्तुलित जीवनशैली अपनाउन र आफ्नो वास्तविक अस्तित्वसँग मेल खान सहयोग गर्छ । आजको व्यस्त र दिशाहीन समयमा, ताव जीवनलाई फेरि सरलता, साक्षात्कार र आत्म–सत्यतर्फ फर्काउने प्रभावकारी माध्यम बन्न सक्छ जुन नै दीर्घकालीन सुधारको मूल चाबी हो ।
थापा ताव समाज नेपाल काठमाडौंका अध्यक्ष हुन् ।












