एजेन्सी । अमेरिकाको वासिङ्टनस्थित एक यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावास कर्मचारीको हत्या भएको छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले यसको पुष्टि गरेकी छन्।
बीबीसीको भगिनी च्यानल सीबीएसलाई बताएअनुसार घटनामा एक पुरुष र एक महिलालाई गोली लागेको छ। क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्केपछि दुवैलाई गोली हानी हत्या गरिएको हो।
आक्रमण सुनियोजित तरिकाले गरिएको बीबीसीले उल्लेख गरेको छ। स्थानीय समय अनुसार राति ९ः०५ बजेतिर एफ स्ट्रिटमा गोलीबारी भएको थियो। यहाँ धेरै पर्यटकीय स्थल, संग्रहालय र सरकारी भवन रहेका छन्। यहाँ एफबीआईको क्षेत्रीय कार्यालय पनि रहेको छ।
गोलीबारी भएको समयमा संग्रहालयको कार्यक्रममा धेरै इजरायली दूतावासका कर्मचारी उपस्थित रहेको जनाइएको छ।












