काठमाडौं । चन्द्रागिरि नगरपालिका –११ सतुंगल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब ५ः३० देखि आगो लागेको हो ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी स्थानीयलगायत लागिपरेका थिए ।
आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको समेत वटा दमकल प्रयोग गरिएका थिए ।
प्रहरीका अनुसार त्यहाँ १५/२० वटा सटर सञ्चालित रहेकामा आगलागीबाट १० वटा सटर र त्यहाँ सञ्चालित व्यवसायरहरूमा पूर्ण रूपमा क्षति पुगेको छ। ४ वटा सटर र त्यसमा सञ्चालित व्यवसायमा आंशिक क्षति पुगेको छ ।












