एजेन्सी । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई ‘अपरेशन सिन्दूर’ नाम दिइएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ,‘यो अपरेशनले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको थियो। जहाँबाट भारतमा आतंकवादी आक्रमणको योजना बनाइएको र कार्यान्वयन गरिएको हो।’
पाकिस्तानले भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको छ। भारतले यस दाबीमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन भने बीबीसीले पनि स्वतन्त्र रूपमा यसको पुष्टि गरेको छैन।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतको हवाई आक्रमण र गोलीबारीमा २६ जनाको मृत्यु भएको बताए। उनले ४६ जना घाइते भएको बताए।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



