एजेन्सी । जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक बिहीबार बिहारको मधुबनीमा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा पहलगाम आक्रमणबारे प्रधानमन्त्री मोदीले आक्रमण गर्ने आतंककारीहरूलाई कल्पनाभन्दा ठूलो सजाय दिइने बताएका हुन् ।
उनले भने,‘भारतले प्रत्येक आतंककारी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई पहिचान गर्नेछ र सजाय दिनेछ । हामी पृथ्वीको अन्तिम कुनामा पनि तिनीहरूलाई छोड्ने छैनौं । आतंकवादले भारतको आत्मालाई कहिल्यै तोड्न सक्दैन ।’
प्रधानमन्त्री मोदीले न्याय सुनिश्चित गर्न जस्तोसुकै प्रयास गरिने बताए । मानवतामा विश्वास गर्ने प्रत्येक व्यक्ति आफूहरुको साथमा रहेको उनले बताए । भारतको साथमा उभिएका देश र जनतालाई उनले धन्यवाद पनि दिए ।
उनले भने,‘आतंककारीहरूले निर्दोष नागरिकहरूलाई जुन क्रूरताका साथ मारेका छन् त्यसबाट सम्पूर्ण राष्ट्र दुःखी छ । यस आतंककारी आक्रमणमा कसैले आफ्नो छोरा गुमाएका छन्, कसैले आफ्नो भाइ गुमाएका छन् र कसैले आफ्नो जीवनसाथी गुमाएका छन् । सम्पूर्ण राष्ट्र पीडितहरूको साथमा उभिएको छ ।’


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



