एजेन्सी । अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना बन्द गर्ने भएको छ । विकासशील देशहरुको आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले स्थापित यो परियोजना एलन मस्क नेतृत्वको सरकारी दक्षता विभागको सिफारिसमा बन्द गर्न लागिएको हो ।
संघीय खर्च कम गर्ने उद्देश्यले एमसीसी परियोजना बन्द गर्न लागिएको भन्दै विभागले कर्मचारीहरुलाई इमेल पठाएको छ । मंगलबार विभागले कर्मचारीहरुलाई इमेल लेखेर यसबारे जानकारी गराएको छ । सीएनएनका अनुसार आगामी मे ५ देखि एमसीसीका सबै कर्मचारी पदमुक्त हुने सम्भावना छ ।
एजेन्सीहरुका अनुसार एमसीसीको प्रमुख कार्यकारी अधिकृत बाहेक सबै कर्मचारीलाई अवकास दिने तयारी छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि युएसआईडी बन्द गरेपछि एमसीसीको अनुदान ९० दिनलाई निलम्बन गरिसकेको थियो ।
अमेरिकी कांग्रेसले सन् २००४ मा स्थापना गरेको एमसीसीले सरकारी संस्थानका रुपमा काम गर्दै आएको थियो । यसले दिने अनुदानबाट नेपालसहित झण्डै ४ दर्जन विकासशील मुलुकले आर्थिक विकासका विभिन्न क्षेत्रमा आफूले छनोट गरेका परियोजनामा काम गर्दै आएका छन् ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



