काठमाडौं । डोटीमा सवारी दुर्घटनामा ३जनाको मृत्यु भएको छ । भिमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ गोल्डेनमा बुधबार बिहान भएको दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिल्लको जोरायल गाउँपालिका वडा नम्बर–१ गोल्डेनमा धनगढीबाट बझाङतर्फ जाँदै गरेको अन्दाजी ३२–३३ वर्षका अर्जुन धामीले चलाएको सु.प.प्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न्र र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको हो ।
अन्य दुई जनाको नाम थर र वतन खुल्न बाकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












