एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा आएका छन् । अमेरिकी उपराष्ट्रपति भान्स सोमबार आफ्नो परिवारसहित चार दिने भ्रमणमा भारत आइपुगेका हुन् ।

भारतीय प्रतिनिधिमण्डल करसँग जुध्न द्विपक्षीय व्यापार सम्झौताको मस्यौदा लिएर अमेरिका जानुअघि उपराष्ट्रपति भान्सको यो भ्रमण भएको छ ।
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरुवातदेखि नै भारतसँग अमेरिकाको सम्बन्ध कस्तो हुनेछ भन्ने बारेमा प्रश्न उठिरहेको छ । राष्ट्रपति ट्रम्पले हालैका दिनहरूमा भारतलाई ट्यारिफ किंग समेत भनेका छन् ।

सत्तामा आएसँगै अमेरिकी ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट अगाडि सबै देशहरूमा पारस्परिक भन्सार लगाएका थिए । राष्ट्रपति ट्रम्पसँग प्रधानमन्त्री मोदीको भेटपछि करको सम्बन्धमा कुनै स्थायी समाधान हुन सकेको थिएन । तर दुई देशहरूबीच व्यापार सन्तुलन सिर्जना गर्न द्विपक्षीय व्यापार वार्ता सुरु भएका छ ।













