काठमाडौं । काठमाडौंमा वायु प्रदूषणको मात्रा घटेको छ। केही दिनयता विश्वकै पहिलो वायु प्रदूषित सहर बनेको काठमाडौं उपत्यका आज भने प्रदूषण घटेर सातौँ नम्बर मा सूचीकृत भएको छ।
एयर क्वालिटि इन्डेक्स’को तथ्यांकअनुसार बिहीबार मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण ३ सय ४८ एक्यूआईसम्म पुगेको थियो।
आज भने यो खबर तयार पार्दासम्म प्रदूषण घटेर १ सय ४७ एक्यूआईमा झरेको छ। नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको संकेत गर्छन्।












