काठमाडौं । अखिल नेपाल महिलासंघ(अनेमसंघ) रुकुम पश्चिमको ८औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले हिमकुमारी केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा तुलसा राणा, हरिसा दमाई, सचिवमा हुकुम कुमारी के.सी., उपसचिव दिपा कामी, कोषाध्यक्षमा जानकी उपाध्याय चयन भएका छन् ।

यस्तै सदस्यहरुमा डम्मरा खड्का, मनमति चन्द, दुर्गा खत्री, काली कामी, पवित्रा गिरि, निर्मला गौतम र बिना शाही चयन भएका छन् ।
अनेमसंघ केन्द्रीय सचिव कर्णाली इन्चार्ज मिनासिङ रखालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य सदस्य कौशिला केसी, डन्डी कार्की, लक्ष्मी कार्की, प्रदेश कमिटी उपसचिव कोकिला कुमारी सिंह, कोषाध्यक्ष चन्द्री महतारा, पार्टी प्र.क.सदस्य टंक वली, रचना मल्ल, सांसद तुलसा मल्ल, जिल्ला अध्यक्ष नन्दराम देवकोटा, उपाध्यक्ष मनबिर पुन, सचिव सशिराम देवकोटा, उपसचिव ब्युझना पुन देवकोटा लगायतको उपस्थिति रहेको थियो ।













