काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना रकम तिर्न राजावादीले ६ लाख ८२ हजार रुपैयाँ संकलन गरेका छन् ।
हालसम्म ६ लाख ८२ हजार रुपैयाँ संकलन भइसकेको राजतन्त्र पक्षधर पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाले जानकारी दिए ।
महानगरका मेयर बालेन्द्र शाहले आफ्नो अधिकार प्रयोग गरेको भन्दै उनलाई गाली नगर्न पनि बास्तोलाले आग्रह गरेका छन् । पूर्वराजा शाहलाई नभई दुर्गा प्रसाईं र नवराज सुवेदीका नाममा जरिवानापत्र पठाउन उनले माग गरेका छन् ।












