फेरि एकचोटी नयाँ साल आउँदै छ आँगनीमा
बढो उमंगले नयाँ साल आउँदैछ आँगनीमा
पुरानो त्यो नारा फेरि घनघोरसँग घन्काएर
हाम्रै भविष्य देखाउँदै आउँदैछ आँगनीमा
पालुवा झैँ हाम्रा हर्षका दिन पलाउँछन् भन्दै
राष्ट्रिय झण्डा फहराउँदै आउँदैछ आँगनीमा
बेमौसमको वर्षात् हो कि ?बर्खे झरी हो त्यो कुन्नी ?
पुरानो जोश र क्रान्ति लिएर आउँदैछ आँगनीमा
हाम्रै सफलता,शान्ति र दिर्घायुको कामना गर्दै
नदेखिएको भविस्य देखाउँदै आउँदैछ आँगनीमा
पुरानो पात झरेर नयाँ पालुवा लाग्दै गर्दा
तिमी भन्दा बरु मै ठिक भन्दै आउँदैछ आँगनीमा












