काठमाडौं । भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्। भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडे निलबाराहीमा आइतबार बिहान ति पुरुष मृत फेला परेका हुन्।
आइतार बिहान पिकनिक स्थलको पार्किङमा खोटाङको केपिलासगढी गाँउपालिका–२ घर भई हाल बोडे बस्ने ६६ वर्षका ओमप्रकाश राई मृत फेला परेको भक्तपुर प्रहरीले जनाएको छ ।
उनी कबाडीको सामान संकलन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीले दाहिने कानको छेउ र टाउकामा चोट लागेको अवस्थामा शव फेला परेकाले हत्या भएको हुनसक्ने आशंका गरेको छ । नजिकैं रगत लतपतिएको ढुंगा समेत फेला परेको छ ।
शव पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको छ ।
प्रहरीले हत्याको आशंकामा अनुसन्धान अगाडि बढाएको छ।












