Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

९महिना अन्तरिक्षमा बसेर फर्किंए सुनिता र बुच(तस्बिरहरु)

९महिना अन्तरिक्षमा बसेर फर्किंए सुनिता र बुच(तस्बिरहरु)

एजेन्सी । आठ दिन बिताउने उद्देश्य राखेर अन्तरिक्षमा गएका नासाका दुई अन्तरिक्षयात्री नौ महिनापछि पृथ्वीमा फर्किएका छन् ।

अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्पेश एक्स क्याप्सुलमार्फत बुच विल्मोर र सुनिता विलियम्स तथा दुई जना अन्तरिक्ष यात्रीहरू अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र नजिकै १७ घण्टाको यात्रापछि अवतरण गरेका हुन् ।

Subisu

उक्त क्याप्सुलबाट बाहिरिने क्रममा उनीहरू मुस्कुराइरहेको र हात हल्लाइरहेको भिडिओ सार्वजनिक भएको छ । नासाका अधिकारीहरूले सबैको अवस्था राम्रो रहेको बताएका छन् ।

बुच र सुनिता गत वर्ष जुनमा अन्तरिक्षमा पुगेका थिए । तर उनीहरूको अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि उनीहरू त्यही फसेका थिए ।

अन्ततः झन्डै नौ महिनापछि यी दुई अन्तरिक्षयात्री स्पेसएक्स ड्र्‍यागन क्याप्सुलमा पृथ्वी फर्किए । पृथ्वीभन्दा ४०० किलोमिटर माथि परिक्रमा गर्ने नासाका अन्तरिक्षयात्रीहरूको जीवन कस्तो रह्यो र उनीहरूले त्यहाँ कसरी समय बिताए ? अवश्य पनि उनीहरूलाई त्यहाँ व्यस्त राख्ने धेरै गम्भीर कुराहरू थिए ।

६९ वर्षीया सुनीता र ६२ वर्षीय बुचले स्टेशनमा कार्यरत मिशनहरूलाई मर्मतसम्भार र अन्य अभ्यासमा मद्दत गर्दै ‘स्पेशवाक’हरू गरेर समय बिताएका थिए ।

जनवरी मध्यतिर सुनी आईएसएसमा रहेका सहकर्मी निक हेगसँग यानको मर्मत गर्न बाहिर निस्किइन् । त्यसै महिनाको अन्त्यतिर उनी र बुच सँगै बाहिर निस्किए ।

उनीहरूले गरेका मुख्य काममा स्टेशनको गतिविधि नियन्त्रण गर्ने उपकरणहरू मर्मत गर्ने, एनआईसीइआर एक्स–रे टेलिस्कोपमा प्रकाशसम्बन्धी फिल्टरहरू थप्ने र अन्तर्राष्ट्रिय डकिङ एडाप्टरमा रिफ्लेक्टर उपकरण प्रतिस्थापन गर्नेलगायत थिए ।

उनीहरूले उक्त अवस्थालाई लामो समयको अन्तरालमा आफू अनुकूल बनाउँदै गए । उनीहरूलाई अवश्य पनि पृथ्वीबारे सोच्ने अवसर दियो । उनीहरूले कैयौँ सूर्योदय र सूर्यास्त देख्न पाए ।

स्पेश स्टेशनले प्रत्येक २४ घण्टामा १६ पटक पृथ्वीको फन्को लगाउने क्रममा १६ सूर्योदय र सूर्यास्त देख्छ । उक्त स्टेशनमा हुनेहरूले प्रत्येक ४५ मिनेटमा सूर्योदय वा सूर्यास्त देखेका थिए ।

पृथ्वीको यस्तो अनौठो दृश्यको साथ बाँच्न पाउनुले यसलाई मनन गर्न प्रशस्त अवसर दिने सुनीताले अनुभूत गरेकी छन् ।

बुच र सुनीतासँगै आईएसएसमा रहेका डन पेटिट र ननिक हग पनि अमेरिकी नागरिक हुन् । उनीहरू चारै जनाले गत वर्षको अमेरिकी निर्वाचनमा मतदानको अवसर पाए ।

बुच र नासाले उनीहरूलाई चुनावमा सहभागी हुनका लागि निकै सहज बनाइदिएका थिए ।

मतदानमा सहजीकरण गर्नका लागि ह्युस्टनस्थित मिशन कन्ट्रोल सेन्टरले इन्क्रिप्टेड इमेलमार्फत् आईएसएसमा मतपत्र पठाएको थियो । ती अन्तरीक्षयात्रीहरूले मतपत्रमा मत जाहेर गरेपछि भूउपग्रहको माध्यमबाट न्यू मेक्सिकोको ग्राउन्ड टर्मिनलमा जोडिएको थियो ।

त्यहाँबाट ल्यान्डलाइनहरूले मतपत्रलाई मिशन कन्ट्रोलमा पठाए र त्यहाँबाट विद्युतीय रूपले त्यो उनीहरूको निर्वाचन क्षेत्र पठाएर मत दायर गराइयो ।

बुचका लागि दिनको सुरुवात बिहान ४ः३० मा हुन्थ्यो भने सुनी केही ढिलो गरी ६ः३० मा उठ्ने गर्थिन् । दुवैले अन्तरिक्षमा बस्दा हड्डीको घनत्वमा हुने कमीसँग लड्न दैनिक दुई घण्टा वा सोभन्दा बढी व्यायाम गरेर आनन्द लिएको बताउँछन् ।

गत वर्षको क्रिस्मसमा आईएसएसका अन्तरिक्षयात्रीहरूले एक सन्देश पोस्ट गर्दै पृथ्वीमा रहेका आफ्ना साथीहरू र परिवारलाई क्रिस्मसको शुभकामना दिएका थिए ।

गत १६ मार्चमा स्पेसएक्स क्याप्सुल एक नयाँ सदस्य लिएर आईएसएस आइपुग्यो । बुच र सुनीताका लागि त्यो एउटा उल्लेख्य क्षण हो, जसले उनीहरूलाई घर फर्काउँदै थियो ।

उक्त उत्साहलाई आईएसएसमै रहने डन पेटिटले भिडिओमा कैद गरेका छन् । त्यहाँको झ्यालबाट उक्त क्याप्सुल आउँदै गरेको र जोडिएको पनि देखिन्छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host