एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको छ । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार करिब १० मिनेटसम्म कडा बहस चलेसँगै जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको हो।
सीएनएनमा प्रकाशित एक रिपोर्टका अनुसार ह्वाइट हाउसका एक अधिकारीका अनुसार बहसपछि युक्रेनी प्रतिनिधिमण्डल ओभल अफिसबाट निस्किएर अर्को कोठामा गएको थियो । यद्यपि अमेरिकी टोली भने त्यहीँ बसेको थियो।
त्यसपछि ट्रम्पले उपराष्ट्रपति जेडी भेन्स, विदेश मन्त्री मार्को रुबियो र माइक वाल्ट्जसँग छलफल गरेका थिए।
छलफलका क्रममा ट्रम्पले जेलेन्स्की वार्ताका लागि उपयुक्त अवस्थामा नरहेको प्रतिक्रिया दिएका थिए ।
उनीहरूसँग जेलेन्स्कीले विवाद मिलाउन सकिने र फेरि संवाद गर्न चाहेको बताए पनि उनले त्यस्तो अवसर पाएनन् । त्यसपछि दुवै नेताबीच हुने तय भएको संयुक्त पत्रकार सम्मेलन पनि रद्द गरिएको हो।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

