एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्ने कुरा युरोपको हातमा रहेको बताएका छन्। यसमा अमेरिका पनि सामेल हुने कुनै ग्यारेन्टी नभएको उनले बताए।
ट्रम्पले आफ्नो मन्त्रिपरिषद् बैठक र ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको भेटअघि उक्त बयान दिएका हुन्। स्टारमरले केहीअघि रूसलाई फेरि युक्रेनमा आक्रमण गर्नबाट रोक्न अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिनुपर्ने बताएका थिए।
ट्रम्पले यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार ‘ठूलो सम्झौता’ मा हस्ताक्षर गर्न अमेरिका आउने उल्लेख गरेका थिए। युक्रेनी राष्ट्रपति जेलेन्स्की संयुक्त राज्य अमेरिकासँग खनिज सम्झौता गर्न तयार भएको जनाएका छन्।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

