काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मातातीर्थ औँसीको शुभकामना दिएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बालेनले भनेका छन्, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’। माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।’
उनले जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ को सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना पनि गरेका छन्। ‘आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना,’ उनले भनेका छन्, ‘हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



