काठमाडौं । काभ्रेको तेमाल गाउँपालिकामा बस दुर्घटना भएको छ । जन्ती पुर्याएर फर्किएको बस काभ्रेको तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको दुर्घटनामा मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।












