काठमाडौं । मेलम्चीको पानिको पाइप फुट्दा काठमाडौंको बबरमहलको वन परिसर जलमग्न भएको छ । पानिले सडक जलमग्न बनाउदा गुडिरहेका गाडी र पैदल यात्रीलाई सास्ती भएको थियो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बबरमहल क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्दा मुख्य वितरण प्रणालीकै पाइपमा क्षति पुर्याएको र अचानक फुट्दा बाढीको रूप लिएको बताएको छ।
बुधबार दिउँसो साढे २ बजेतिर बबरमहलको मुख्य सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो। पाइप फुट्दा बबरमहलमा रहेको वन कार्यालय, जिल्ला अदालत र विशेष अदालतका भवनलगायतमा डुबान भएको थियो। विद्युत प्राधिकरणको लापरबाहीले गर्दा थोक वितरण प्रणालीकै पाइपमा क्षति पुगेको पाइएको छ ।












