काठमाडौं । ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका कमलपोखरीस्थित सान्दार मःम पसलका दुई कामदारको मृत्यु भएको छ। उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराकाअनुसार राईको सोमबार र घलेको मंगलबार मृत्यु भएको हो। गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए। जसमध्ये सात जना गम्भीर घाइते भएका थिए।












