काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ को हर्कपुरस्थित भँडारे खोला नजिकै खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मध्यपहाडी राजमार्गको सडक खण्डमा ना१ज ६४२१ नम्बरको जिप सडकबाट अन्दाजी ७० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
जिप राति नै दुर्घटना भएको अनुमान गरिए पनि आज आज बिहान ०८:०० बजे मात्रै फेला पारिएको थियो । दुर्घटनापश्चात् जिप चालक फरार रहेका छन् । दुर्घटनामा मृत्यु हुनेहरूमा खोटाङको केपिलासगढी गाउँपालिका ३ की ५६ वर्षीया मायादेवी गुरुङ उनको २८ वर्षीय छोरा पुजन गुरुङ र खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ की ४५ वर्षीय तारा गुरुङ रहेको प्रहरीले जनाएको छ ।












